स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड नियन्त्रणमा कार्यरत अस्पतालका स्वास्थ्यकर्मीहरुलाई सिफ्टमा ड्युटी मिलाउन निर्देशन दिएको छ ।
स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले दुई समूह बनाई आलोपालो ड्युटी लगाउन निर्देशन दिएको हो । स्वास्थ्यकर्मीहरु काम गर्ने क्रममा संक्रमित हुन गई सेवा प्रवाहमा अफ्ठ्यारो नपरोस भनेर यो निर्णय गरिएको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

Leave a Reply